काठमाडाैँ । विश्वकप क्रिकेट लिग टू मा नेपालले नामिबियालाई १९८ रनको लक्ष्य दिएको छ । नामिबियामा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल अन्तिम ओभरमा १९७ रनमा अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाउनुभयो । यस्तै आरिफ शेखले २३ आशिफ शेखले २० तथा गुल्सन झाले १८ रनको योगदान गर्नुभयो ।
शृंखलामा नेपाल नामिबिया र स्कटल्यान्ड सहभागि छन् । नयाँ प्रशिक्षक मनोज प्रभाकरले नेपाली टिम सम्हाले पछि नेपालले लिग टूको पहिलो खेल खेलिरहेको हो । नामिबियालाई एकदिवसीयमा नेपालले अहिलेसम्म हराउन सकेको छैन ।
गत जुलाईमा स्कटल्याण्डमा भएको नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी शृखंला अन्तर्गतका दुबै खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । शृंखलामा नेपाल २० खेलबाट १७ अंक बनाउँदै छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ भने नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ ।
लिग टूमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालिफाइरमा पुग्न नेपालका लागि अहिलेको र बाँकी सबै शृंखला महत्वपूर्ण छन् । एकदिवसीयको मान्यता कायमै राख्न नेपालले खेल्न बाँकी १६ मध्ये १० खेल जित्नपर्छ ।
(यसअघिको समाचारमा लक्ष्य फरक परेकोले सच्याइएको)
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९, १७:१६