काठमाडौ । विश्वकप लिग–टू त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ ।
नामिबियामा भएको खेलमा नेपालले दिएको एक सय ३८ रनको लक्ष्य स्कटल्यान्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि क्रिस्टोफर म्याकबर्डले सर्बाधिक ४३ रन बनाउनुभयो ।
नेपालका लागि सागर ढकाल, ललित राजबंशी र गुल्सन झाले दुई/दुई विकेट लिँदा दिपेन्द्रसिँह ऐरीले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा एक सय ३७ रनमा अल आउट भयो । नेपालका गुल्सन झाले सर्वाधिक २९ रन बनाउनुभयो । यस्तै, ज्ञानेन्द्र मल्लले २५ र अर्जुन साउदले १८ रनको योगदान गर्नुभयो । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
हारसँगै नेपालले महत्वपूर्ण दुई अङ्क गुमाएको छ ।
अब नेपाललाई एक दिवसीय बरियता जोगाईराख्न मुस्किल पर्ने देखिन्छ । शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल र नामिबियाले एक एक अंक बाँडेका थिए । अब नेपालले बुधबार आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९, १९:३२