दाङ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद विद्यापीठमा अध्ययनरत विद्यार्थी आन्दोलनरत छन् ।
चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुरुप आयुर्वेदको लागि छुट्टै दरबन्दी माग गर्नुपर्ने, इन्टर्नसिपमा जाने विद्यार्थीले बुझाउनुपर्ने रकम विश्वविद्यालयले व्यवस्था गर्नुपर्ने, शिक्षण अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने लगायतका २१ बुँदे माग राखेर विद्यार्थीले आन्दोलन गरिरहेका हुन् ।
यसअघि पनि विभिन्न समयमा विश्वविद्यालयमा तालाबन्दी गरेका विद्यार्थीले आइतवार उपकुलपति यादव प्रकाश लामिछानेको आवासमा तोडफोड समेत गरेका छन् ।
उपकुलपति लामिछाने विद्यार्थीको मागप्रति गम्भीर नभएको भन्दै विएएमएसका विद्यार्थीले आइतवार उपकुलपतिको आवासमा तोडफोड समेत गरेका हुन् ।
उपकुलपतिले विद्यार्थीका माग सम्बोधनका लागि वार्तामा बस्नुपर्ने बताउँदै उपकुलपति लामिछानेको आवास बेलझुण्डीमा धर्ना समेत दिएका छन् ।
विद्यार्थी तोडफोडमै उत्रिएपछि उपकुलपतिको आवासबाहिर सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
क्याम्पस भवन, पठनपाठनका लागि जनशक्तिको व्यवस्थापन, ओपिडि सेवा लगायतका काम नहुँदा विद्यार्थी आन्दोलित हुनुपरेको विद्यार्थी ओजोस्वी रिजालले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, ०९:१५