काठमाडौँ । प्रमुख दलहरुले नयाँ सरकार गठनका लागि छलफललाई तीव्रता दिएसँगै तराईमधेसमा पहिलो पटक उदाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले नेताहरुसँगको भेटघाटलाई निरन्तरता दिनुभएको छ ।
राउतसहित जनमत पार्टीका पदाधिकारीले आज नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टासँग छलफल गरेका छन् ।
'डा सीके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिवारे उपयोगी छलफल भयो । मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुशी।' भेटपछि भटराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत नेतासँग भेटघाट गरिसक्नु भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, ११:५४