काठमाडाैँ । विश्वकप फुटबलमा आज (सोमबार) अन्तिम १६ का दुई खेल हुँदैछन् । दुबै खेलमा एसयाली दुई टोलीको परिक्षण हुनेछ ।
बेलुका ९:४५ मा सुरू हुने आजको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब रंगशालामा हुने यो खेलमा जापान फेरि अर्को अप्रत्यासित नजिता निकाल्ने दाउमा छ ।
समुह चरणमा विश्वविजेता जर्मनी र स्पेनलाई हराएको जापान आज क्रोएसियालाई हराउँदै क्वाटर फाइनल पुग्न चाहन्छ । समुह चरणमा राम्रो प्रदर्शन गरेको क्रोएशिया पनि जापानलाई हराउँदै अर्को चरणको यात्रा तय गर्ने दाउमा छ । जापान समूह 'ई' को विजेता र क्रोएसिया समूह 'एफ' काे उपविजेता बन्दै नकआउट चरणमा पुगेका टोली हुन् ।
आजै मध्यराती पाैने १ बजे सुरू हुने खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल 'स्टेडियम ९७४' मा हुनेछ ।
विश्वकप जित्ने लक्ष्यका साथ कतार पुगेको ब्राजिललाई तुलनात्मक रूपमा बलियो टोलि मानिएको छ । दक्षिण कोरिया पनि समुह चरणमा पोर्चुगल जस्तो टाेलीलाई हराएर आएकाले कम आँक्न नसकिने बिश्लेषकहरूको भनँइ छ ।
ब्राजिल समूह 'जी' को विजेता र दक्षिण कोरिया समूह 'एच' को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । जारी विश्वकपमा जापान र कोरिया दुई देशको मात्र क्वाटर फाइनलमा पुग्ने सम्भावना जिवितै छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, १२:३७