काठमाडाैँ । १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । फाइनलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले उपाधि जितेको हो । सुदूरपश्चिमले प्रतियोगितामा अविजित रहेको एक मात्र टोलि पनि बनेको छ ।
९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । सुदूरपश्चिमका गजेन्द्र बोहरा ३९ रनमा नट आउट रहनुभयो भने दीपक बोहराले २५ र अनुराग सिंहले २२ रन बनाउनुभयाे । लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले १/१ विकेट लिनुभयो ।
पहिला ब्याटिङ गरेको लुम्बिनी २९ ओभर १ बलमा ९२ रनमा अलआउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले ३८ रन बनाउनुभयो । सुदूरपश्चिमका मिलन बोहराले ५ तथा हेमन्त धामी र नरेन साउदले २/२ विकेट लिनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, १३:२३