काठमाडौं । राष्ट्रिय जता पार्टी राजपाले समाजबादी पार्टीसंग कुनैपनि हालतमा एकता नहुने बताएको छ । समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी राजपालाई एकतामा आउन आग्रह गरिरहेका बेला एकताका विषयमा राजपाको धारणा बाहिर आएको हो ।
समाजबादी पार्टी संविधान संशोधन लगायतका मुद्धा छोडेर अघि बढेकाले अब राजपाले समाजबादी पार्टीसँग एकता नहुने स्पष्ट पारेको हो ।
सीआइएनसंग कुराकानी गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले संसदमा नै आफ्नो संविधानप्रति सहमति छैन भनेर औठाछाप लगाइसकेकाले अब एकताको बिषय टुंगीएको बताउनुभयो । राजापाले बैठकबाट धारणा बनाउनेगरि छलफल गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६