काठमाडौँ । विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले तथा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।
ब्राजिलले पहिलो हाफमै ४ गोल गरेको थियो ।
दोस्रो हाफमा दक्षिण कोरियाले एक गोल फर्काए पनि ब्राजिल ४–१ ले विजयी भयो ।
निर्धारित ९० मिनेट र थप गरिएको समयमा १÷१ को बराबरी भए पनि पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।
विश्वकपमा आज मोरोक्को र स्पेन तथा पोर्चुगल अनि स्वीट्जरल्याण्ड खेल्नेछन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९, ०७:५६