काठमाडौँ । विश्वकप फुटबल २०२२ को क्वाटर फाइनल समीकरण पूरा भएको छ । प्रि क्वाटर फाइनलको अन्तिम खेलमा पोर्चुगल विजयी भएसँगै क्वाटर फाइनल समीकरण पूरा भएको हो ।
पहिलो क्वाटर फाइनलमा क्रोएसियाले ब्राजिलसँग खेल्नेछ । यो खेल मङ्सिर २३ गते शुक्रवार बेलुका पौने ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो क्वाटर फाइनल नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच हुनेछ यो खेल शुक्रवार मध्य राती पौने १ बजेपछि सुरु हुनेछ । यी दुई खेलका विजेता सेमिफाइनलमा खेल्नेछन् ।
तेस्रो क्वाटर फाइनलमा मोरक्को र पोर्चुगल खेल्नेछन् । यो खेल मङ्सिर २४ गते शनिवार बेलुका पौने ९ बजेपछि सुरु हुनेछ । यसै गरी, अन्तिम क्वाटर फाइनलमा दुई पूर्व विजेता इंग्ल्याण्ड र फ्रान्स खेल्नेछन् । यो खेल शनिवार मध्य राती पौने १ बजेपछि सुरु हुनेछ । यो खेलको विजेताले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९, १३:१३