काठमाडौ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि नामिबिया रहेको नेपालले आज आफ्नो चौथो खेलमा स्कटल्यान्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्यान्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
तेस्रो खेलमा स्कटल्यान्ड नामिबियासँग पराजित भएको थियो । नेपाल पनि तेस्रो खेलमा हिजो नामिबियासँग नै पराजित भयो । नेपाल र स्कटल्यान्डले एकआपसमा तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्यान्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९, ०९:१६