काठमाडौ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।
पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति पौने नौ बजे सुरु हुनेछ । मोरक्कोले अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
पोर्चुगलले स्विट्जरल्यान्डलाई ६–१ को फराकिलो अन्तरले हराएको थियो । यसअघि यि दुई टोलीले दुई पटक एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्दा एक/एक खेलमा जित हात पारेका छन् ।
यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इङ्ग्ल्यान्डबीचको खेल राति पौने एक बजे सुरु हुनेछ । साविक विजेता फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो । यस्तै इङ्ग्ल्यान्डले सेनेगललाई हराएको थियो ।
यसअघि यि दुई टोली बिच भएको ३१ भेटमा इङ्ग्ल्यान्डले १७ जित निकालेको छ भने फ्रान्सले ९ खेल जितेको छ । पाँच खेल भने बराबरीमा सकिएका छन् । विश्वकपमा भने फ्रान्स र इङ्ग्ल्यान्ड बिच दुई पटक प्रतिस्पर्धा हुँदा इङ्ग्ल्यान्ड दुवै पटक बिजयी भएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९, ०८:०५