नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदको सूची टुङ्गो लगाएको छ ।
एमाले पार्टी कार्यालय च्यासलमा आज बसेको बैठकले २२ महिला र १२ पुरुष सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
एमालेले टुङ्गाएको सूचीमा आदिवासी जनजाति पुरुषमा देवीप्रसाद भट्टचन्द, हेमराज राई, कालुराम राई पर्नुभएको छ । आदिवासी जनजाति महिलामा नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा पर्नुभएको छ ।
खस आर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही पर्नुभएको छ ।
महिलामा मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, सोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मार सुनिता बराल सांसदमा पर्नुभएको छ । थारु महिलामा आश्मा कुमारी चैधरी र शान्ति चौधरी समानुपातिक सांसदमा पर्नुभएको छ ।
दलित पुरुषमा इश्वरबहादुर रिजाल र प्रभु हजारा पाश्वान अनि चन्द्रबहादुर विश्वकर्माको नाम परेको छ ।
दलित महिलामा रुकमणिराणा बराइली र हर्कमाया विश्वकर्माको नाम परेको छ ।
मधेसी पुरुषमा गंगा प्रसाद यादव, अमृतराज लालवंशी र महिलामा विना देवि, अमृतादेवि अग्रहरी र प्रतिक्षा तिवारी मुखिया पर्नुभएको छ । मुस्लिममा सराज अहमद फारखीको नाम परेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९, १७:१०