काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदको टुगो लगाएको छ ।
पार्टीको स्थायी कमिटी बैठकले प्रदेश १ मा १, मधेशमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १/१ सीट पाएअनुसार नाम टुङ्ग्याएको हो ।
नेता जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा आदिवासी जनजातितर्फ विद्या चाम्लिङ, मधेस प्रदेशमा मधेसीतर्फ रत्नेश्वर गोइत र दलिततर्फ किशोरी देवीको नाम समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
अल्पसङ्ख्यकमा लक्ष्मीदेवी लोहारको नाम सिफारिस भएको छ । बागमती प्रदेशमा आदिवसी जनजाति महिलामा ओमकुमारी श्रेष्ठ, खसआर्य महिलामा मायादेवी शर्माको नाम परेको छ ।
लुम्बिनी प्रदेशमा खसआर्य महिलामा भगवती घिमिरे, कर्णाली प्रदेशमा खसआर्य महिलामा भने कल्याणी खड्काको नाम परेको छु ।
सुदूरपश्चिम प्रदेश खसआर्य महिलामा माया पन्त सिफारिस हुनु भएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९, १७:५२