बटुकनाथ झा
धनुषा । धनुषामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।
आइतबार राति ११ बजेतिर धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रिताको जनकपुरको काव्या हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
रितादेवीको हत्याको समयमा उहाँका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेको र हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको पाइएको छ । प्रहरीले मृतकका श्रीमान विरेन्द्र यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९, १२:४१