काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौँको लैनचौरमा जलमग्न भएको छ।
लैनचौरको स्काउट भवन अगाडि मूल सडकमुनि ओच्छ्याइएको आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको हो ।
जसका कारण पैदल यात्रु र सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुलाई ओहोर दोहोर गर्न पनि समस्या भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९, १७:५०