काठमाडौँ । सरकारले ल्याउन लागेको अध्यादेशको बिरोधमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुका नेता कार्यकर्ताले अध्यादेश ल्याउने सरकारको निर्णयको विरोधमा नाराजुलुस र प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शन पछि घण्टाघर अगाडि कोणसभामा गरिएको थियो । कोणसभाका बक्ताले अपराधमा संलग्न ब्यक्तिलाई छोड्न अध्यादेश ल्याउन लागिएको भन्दै त्यसको डटेर विराेध जनाउने बताएका थिए ।
सरकारले राजनीतिक मुद्दा खेपिरहेका ब्यक्तिलाई छुटाउन सक्ने प्रावधानसहितको अध्यादेश तयार गरि जारी गर्न राष्ट्रपतिसमक्ष पठाइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९, १०:५३