काठमाडौँ । पाँचथरमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको छ ।
मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । गएराति स्थानीय धनराज शेर्मा र उहाँका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर भेटिएको वडाध्यक्ष हस्तराज फियाकले बताउनुभयो ।
३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
१२ वर्षका सीता खजुम भागेर बाँच्न सफल भएकी छन् । उनको आरुबेटेको स्वास्थ्यचौकीमा अहिले उपचार भइरहेको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवर र प्रहरी निरीक्षक अनिलकुमार पौडेलको नेतृत्वमा दुईवटा टोली घटनास्थल प्रस्थान गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६