नेपाली राष्ट्रिय क्रिकेट टिम (पुरुष) का मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिनुभएको छ । मुख्य प्रशिक्षक प्रभाकरले विहीबार (आज) बाट लागू हुने गरि दिएको राजीनामा स्विकृत भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले गएको साउनमा प्रभाकरलाई नयाँ मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो ।
एक बर्षको सम्झाैता गरे पनि त्यस अघि नै प्रभाकरले पद छोड्नु भएको हो । नेपाली टिमको प्रदर्शन सोचेजस्तो नभएको तथा राष्ट्रिय टिमका खेलाडीसँगको सम्बन्ध समेत राम्रो हुन नसकेपछि प्रभावकरलाई राजिनामा दिन क्यानले दबाब दिएको स्रोतको दाबि छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९, १५:३७