पाँचथर– गिरिराज बाँस्कोटाको नियात्रासंग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीरसहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो ।
मोटरसाईकलमा मध्यपहाडी लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायत क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन् ।
हरेक ठाँउको यात्राका तस्वीर समेत पुस्तकमा समावेश गरीएको छ । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उक्त किताब बिमोचन गरेका थिए । पछिल्ला १० बर्ष गरिएका यात्राका विषयबस्तु उक्त पुस्तकमा छन् । चौरी, गुराँस, तितेमाछा जस्ता विषयलाई पनि समेटिएका छन् । नेपालका मध्यपहाडीजिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विषय समेटिएका छन् । मन्त्री आङ्बोले प्रकाशन गरेको उक्त किताको ज्ञान ज्योती पुस्तक पसलले वितरण गर्दै छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९, १८:३४