काठमाडौँ । नेपाल पत्रकार महासंघको, सामुदायिक सूचना नेटवर्क (सीआईएन) प्रतिष्ठान शाखा सम्मानित भएको छ ।
पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिको साधारण सभाको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतले शाखा अध्यक्ष शोबिता रिसाललाई सम्मान पत्रसहित सम्मान गर्नुभएको हो ।
यस्तै, नयाँ पत्रिका, नेपाल टेलिभिजन, गोरखापत्र र इमेज टेलिभिजन प्रतिष्ठान शाखा पनि सम्मानित भएका छन् । श्रमजीवी पत्रकारको हक, अधिकार तथा सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धिको क्षेत्रमा काम गरेका शाखालाई सम्मानित गरिएको नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिका महासचिव रामकुमार शाहीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९, २३:१८