काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम नतिजा बुझाएसँगै दलहरुबीच नयाँ सरकार गठन, शक्ति बाँडफाँडको बहस सुरु भएको छ ।
अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
दिउँसो २ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार निर्माणलगायतका बारेमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । रकारमा रहेका राजनितक दलको गठबन्धनको सरकार बन्ने अवस्थामा पहिलो चरणमा प्रचण्डको प्रधानमन्त्रीमा दावी छ ।
हिजो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा प्रचण्डले राख्नुभएको यो प्रस्तावमा देउवाले भने आफ्नो पार्टीको संसदीय दलको नेता चयनपछि छलफल गर्ने आश्वासन दिनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
यद्यपी हिजै आफ्नो पार्टीका निर्वाचित सांसदसँगको छलफलमा देउवाले काँग्रेसले नै आगामी सरकारको नेतृत्व गर्ने बताउनुभएको थियो ।
सरकारको नेतृत्व नपाए नेकपा एमालेसँग मिलेर भए पनि सरकार बनाउने रणानीतिमा माओवादी केन्द्र छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९, ०९:००