काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको चुनावमा महामन्त्री गगन थापाले उम्मेदवारी दिनुहुने भएको छ ।
संस्थापन इतर समुहको बैठकले थापालाई दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको हो । थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला समर्थक र अर्का महामन्त्री विश्प्रकाश शर्मा समर्थक बस्ने पनि बैठकले तय गरेको छ ।
थापाले शेखर कोइरालाको प्रस्ताव र विश्वप्रकाश शर्माको समर्थनमा थापाले दलको नेतामा उम्मेदवारी दिने तय भएको बैठकमा सहभागि नेताहरूले जानकारी दिएका छन् ।
यो समुहको सोमबार भएको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः छलफल भएको थियो।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । मतदान बुधबार हुनेछ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दलको नेतामा उम्मेदवार बन्ने तयारी गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९, १३:२८