काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्कनु भएको छ ।
पुन चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा तीन साताको उपचार पछि नेपाल फर्किनुभएको हो । उहाँको स्वास्थ्यमा उल्खेख्य सुधार भएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँलाई माओवादी नेताहरू सालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डीपी ढकाल, दुर्गा चापागाईँ, अमनलाल मोदी, रञ्जित तामाङ, सरल भाटलगायत नेताले विमानस्थल पुगेर स्वागत गर्नुभएको थियो ।
वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मङ्सिरमा नेपाली चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन जानुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९, १३:४२