धादिङ । धादिङको मलेखु नजिकै बस र माइक्रो बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहानी पम्प नजिक भएको दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेको उद्धार भइरहेको र केही यात्रु अलि बढि घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकको परिचय खुलेको छैन । भैरहवाबाट काठमाडौँका लागि छुटेको लु २ ख २६४४ नम्बरको बस र लमजुङका लागि छुटेको बा २ ख ४७६२ नम्बरको माइक्रो बस ठोक्किएर दुर्घटना भएको हो ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९, १४:४४