काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले वडा नम्बर १० को धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना भत्काउन थालेको छ ।
देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाएर हटाउन थालेको हो । महानगरले अल्टिमेटम दिएर भत्काइसकेको तर पुन निर्माण गरेका भवनलाई आज महानगरले भत्काइएको जनाएको छ ।
सार्वजनिक जग्गामा बनाइएका घर टहरा, मापदण्ड विपरीतका होर्डिङ बोर्ड, नक्साविपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आए बमाेजिम देवीनगर क्षेत्रमा डोजर लगाइएको महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९, १३:२४