काठमाडौँ । प्रतिनिधि सभाका सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
बुधबार दिउँसो शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले जबरालाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा शपथग्रहण गराउनुभएको हो । ८१ वर्षीय जबरा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ सांसदमा निर्वाचित हुनुभएको हो ।
जबराले भोलि(बिहीबार) प्रतिनिधिसभाका अन्य सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुका साथै नयाँ सभामुख चयन नहुँदासम्म संसद् बैठकको अध्यक्षता गर्नुहुनेछ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९, १६:४१