काठमाडौँ । विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्र पक्षका ४० जना नेता राप्रपाको केन्द्रीय नेतृत्वमा रहने भएका छन् । यो समुहबाट शरदराज पाठक महामन्त्री, उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी सहमहामन्त्री र हरिकृष्ण अधिकारी र सौरेन्द्रबहादुर शाह सहायक महामन्त्री बन्नुभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
मिश्र र पाठक सहित निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्णबहादुर शाही र नारायण कोइराला केन्द्रीय कार्य सम्पादन समितिमा नियुक्त हुनुभएको छ । मिश्र यसअघि नै राप्रपाको वरिष्ठ उपाध्यक्ष बनिसक्नुभएको छ ।
यसैगरी केन्द्रीय सदस्यमा अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवराज भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईँ, दीपकप्रसाद उप्रेती, मधुसूदन केसी, रञ्जन कार्की, रोशन सिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, बिपना शर्मा, सरस्वती पन्थी भुसाल, सुशीला अधिकारी केसी, सङ्गीता श्रेष्ठ र राजु बस्याल रहनुभएको छ ।
मिश्र समूहबाट बाँकी ५ जना छिट्टै केन्द्रीय समितिमा मनोनयन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९, १३:०९