सर्लाही । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।
चिसोबाट बच्न आगो ताप्ने क्रममा जलेर हरिवन नगरपालिका–३, की ५५ वर्षीय गोरीमाया रखालको मृत्यु भएको हो ।
हिजो बुधवार बेलुका आगोले जलेर गम्भीर घाइते गोरीमायालाई प्रादेशिक अस्पताल मलङ्गवामा भर्ना गरिएको थियो ।
उहाँको उपचारकै क्रममा आज दिउँसो १२ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९, १४:५३