काठमाडाैँ । प्रतिनिधि सभाका नव निर्वाचित सांसदले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । चार जना सांसदबाहेक सबै सांसदले उपस्थित भएर शपथ ग्रहण गरेको संसद् सचिवालयले जनाएको छ ।
सांसदहरूले जम्मा १५ भाषामा शपथ ग्रहण गरेको सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयाे । २८ जना सांसदले १४ वटा मातृभाषामा शपथ लिएको धमलाले बताउनुभयो ।
रौतहट २ बाट स्वतन्त्र रुपमा बिजयी सांसद किरणकुमार साहले संस्कृत भाषामा सपथ लिनुभएको छ । साह संस्कृत भाषामा शपथ लिने पहिलो सांसद भएको पनि सह प्रवक्ता धमलाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९, १७:४१