काठमाडाैँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल सर्वसम्मत चयन हुनुभएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई संसदीय दल नेतामा चयन गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । बैठकले प्रमुख सचेतकमा हितराज पाण्डेलाई पनि सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९, १८:२१