काठमाडौं ।
देशभरका सामूदायिक रेडियोले आदिवासी जनजातिका सवालमा छलफल गर्ने भएका छन् ।
सामूदायिक रेडियो प्रशारक संघ अकोराबले प्रदेश नम्बर एकको धनकुटामा आदिवासी जनजातिको सवालमा बृहत छलफल गर्न लागेको हो ।
‘सामूदायिक बहुलता र विविधताको सम्बद्र्धन : सामूदायिक प्रशारणमा आदिवासी जनजाति राष्ट्रिय परामर्श कार्यक्रम’ भोली धनकुटाको हिलेमा सुरु हुनेछ ।
सामूदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष सुवास खतिवडाले कुल जनसंख्याको झन्डै ३५ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातिको भाषा र कला सँस्कृतिको विषय मूल धारका मिडियामा अझै आउन नसकेको भन्दै ओझेलमा परेको यो विषयलाई सामूदायिक रेडियोले उजागर गर्न खोजेको बताउनुभयो ।
खतिवडाले भन्नुभयो, ‘कतिपय अवस्थामा उनीहरुको विषय ओझेलमा पनि परेका छन्,त्यति धेरै जनसंख्याले अबलम्बन गर्ने भाषासँस्कृतिलाई मूलधारका मिडियाले जति महत्व दिनुपथ्र्यो त्यो दिन सकेका छैनन् ।’
खतिवडाले अगाडी भन्नुभयो, ‘अहिलेसम्म यो विषयमा कामै नभएको भन्ने होइन, यसलाई अझै व्यवस्थित ढंगबाट, सु संगठित ढंगबाट उठाउन खोजिएको हो ।’
सरकारी निकाय, विषय विज्ञसँगै कार्यक्रममा देशभरका झन्डै एकसय ५० रेडियोको सहभागिता रहने अपेक्षा गरिएको अकोराबले जनाएको छ ।
कार्यक्रमका बारेमा विस्तृत बुझ्न अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६, ०७:२७