काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको दलहरुको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले तत्कालका लागि प्रधानमन्त्रीका बारेमा मात्र सहमति भएको हो ।
राष्ट्रपति र सभामुखको बारेमा छलफल गर्न बााकी रहेको उहाँको भनाइ छ ।
ओलीका स्वकीय सचिव रामशरण बजगाईँले सीआईएनसँग कुराकानी गर्दै प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको र त्यसका लागि राष्ट्रपतिले दिएको समयसीमा भित्रै प्रक्रिया पुर्याउने तयारी भइरहेको बताउनुभयो ।
उहाँका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, जसपा र राप्रपा सरकारमा जाने सहमति भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९, १६:०४