काठमाडौ । नेपाल टी–ट्वान्टी लिग अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङसलाई २ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर एक सय ५५ रनमा समेटियो ।
विराटनगरका लागि हुसन तालातले सर्वाधिक ३९ रन बनाउनुभयो । रोहित पौडेलले २५ रन बनाउँदा पृथु बाँस्कोटाले १८ रन बनाउनुभयो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक रहेको बेला १३ रन मात्र बनाउन सक्यो । विराटनगरलाई रोक्न लुम्बिनीका किशोर महतोले २ तथा सागर ढकाल, गुल्सन झा, दीपेन्द्र सिंह ऐरी र पाट ब्रोनले १/१ विकेट लिनुभयो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । उसका लागि लाहिरू मिलन्थाले ६३ बल खलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रन बनाउनुभयो । यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाउनुभयो ।
विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १–१ विकेट लिनुभयो । लगातार दोस्रो जितसँगै लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ ।
यस्तैआजै भएको दोस्रो खेलमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ५ विकेटले हराएको छ । पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । जनकपुरको जितमा सन्दीप जोराले अविजित रहँदै सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै सागर पुनले ३८ रन जोड्दा चाडविक वाल्टनले १९ रन बनाउनुभयो । पोखराका जाहिर खानले ३ तथा मौषम ढकाल र शरद भेषवाकरले १/१ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो । पोखराका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय ईनिङ खेल्नुभयो । सिद्धान्त लोहनीले २९ तथा अमिर हम्जाले १८ रन बनाउनुभयो । प्रतिश जिसीले २८ रन बनाउँदा उसका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुरका लागि केसरिक विलियम्स ३ तथा शरफुदिन असरफ, पवन सर्राफ र ललित राजवंशीले समान २/२ विकेट लिनुभयो ।
जितसँगै जनकपुरले पहिलो खेलमा २ अंक जोडेको छ । जनकपुर तेस्रो स्थानमा रहेको छ । पोखराले दुई खेलमा अंक जोड्न सकेको छैन । अंक विहीन पोखरा पुछारमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९, १६:५०