काठमाडौँ । बालबालिका या अरु उमेरका विद्यार्थीले पहिलो पटक विद्यालय जाँदा कक्षाकोठाको वातावरण, साथीभाइ र शिक्षकको बारेमा घरमा आएर भनेको त धेरैले सुनेका हौँला, सवालजवाफ पनि गरेका हौँला ।
तर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने बारेमा निर्णय गर्न हिजो बसेको पहिलो बैठकलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ताको पहिलो कक्षाको रुपमा व्याख्या गर्नुभएको छ ।
पहिलो कक्षाबाट वितृष्णा जागेको उहाँको भनाइ छ ।
राउतले ट्विटरमा लेख्नु भएको छ,'सत्ताको पहिलो क्लास आज पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें। काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला। तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति।'
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९, ०९:०४