काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदका दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले यहि पुस २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपराधा १ बमोमित संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि, हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकलेसंसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९, १६:४३