काठमाडाैँ । सामाजिक सुरक्षा कोषमा हालसम्म दर्ता भएका ३ लाख ८० हजार श्रमिकबाट २८ अर्ब भन्दा बढी रकम सङ्कलन भएको छ । कोषका अनुसार विभिन्न कार्यालय, कम्पनी र फर्ममा कार्यरत कर्मचारी र श्रमिकको नाममा २८ अर्ब ८ करोड रकम जम्मा भएको हो ।
कोषको तथ्याङ्क अनुसार गत असार मसान्तसम्म कोषमा १७ हजार १ सय ९२ वटा रोजगारदाता फर्म वा कम्पनीका ३ लाख ४६ हजार ७ सय ४४ जना श्रमिक दर्ता भएका थिए । चालु आर्थिक वर्षको गत ५ महिनामा भने ३४ हजार नयाँ श्रमिक दर्ता भएका छन् ।
हालसम्ममा योगदानकर्ताहरूबाट प्राप्त ४७ हजार ५० वटा दाबीमार्फत ३ अर्ब रकम भुक्तानी भएको कोषका प्रवक्ता विवेक पन्थीले सीआईएनसँग बताउनुभयो । यस्तै, कोषको सम्पत्ति/दायित्व समीक्षा वर्षमा ४१ दशमलव ४ प्रतिशतले बढेर गएको असार मसान्तमा ५४ अर्ब ७० करोड कायम भएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९, ११:३३