काठमाडौँ । सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
बैठकमा मन्त्रालय भागबण्डाका विषयमा छलफल भइरहेको छ । दलहरू पुस २५ गते संसदको बैठक बस्नु अघि नै मन्त्रालयको भाग मिलाइसक्ने तयारीमा छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९, ११:११