काठमाडौँ । वातावरण क्षेत्रका युवा अभियन्ताहरूले जलवायु न्यायका लागि थप कदम चाल्न आह्वान गरेका छन् । युवा सञ्जालहरू इको वारियर्स, फरेस्ट्री विद्यार्थीको समूह, कायापलट, जलवायु कार्यका लागि नेपाली युवा र परिवर्तकले सेभ द चिल्ड्रेन र डब्ल्यू डब्ल्यू एफको सहयोगमा आयोजना गरेको कार्यक्रमका सहभागिहरूले जलवायु न्यायका लागि थप आवाज उठाउनुपर्ने बताएका हुन् ।
छलफलका सहभागिले जलवायु परिवर्तनको मारमा सबै नागरिक परेको र सिमान्तकृत समुह झनै समस्यामा परेको बताउँदै आम मानिसको प्राकृतिक स्रोतमाथिको निर्भरता कम गर्नुपर्ने र आफूहरूले सकेसम्य यसमा काम गरिरहेको बताए । आजको लापरबाहीको असर भोलिको पुस्ताले ब्यहोर्नुपर्ने भएकाले यसको जोखिम कम गर्न सरकार र सरोकारवाला निकायले जवाफदेही हुँदै यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
खुला प्रतिस्पर्धाबाट चुनिएर आएका यी समुहले सेभ द चिल्ड्रेन र डब्ल्यू डब्ल्यू एफसँग मिलेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९, ११:५८