भक्तपुर । भक्तपुर ठिमीको आदर्श माध्यमिक विद्यालयमा १४ जना दृष्टिविहीन बालबालिका विभिन्न कक्षामा पढ्छन् । हामीले भेट्दा १० वर्षका प्रिन्सिका थापा ब्रेल लिपिमा क ख रा पढ्दै थिईन् ।
उनीहरुका लागि छुट्टाछुट्टै टेबुल र कुर्सीको व्यवस्था गरिएको थियो । एक्ला–एक्लै बसेका थिए । प्रिन्सिका बोल्न थालेपछि अरुले चुपचाप सुनिरहे । प्रिन्सिकाको चाहना धेरै पढ्ने र डाक्टर बन्ने हो ।
अन्य बालबालिका कोही शिक्षक बन्न चाहन्छन् । कसैलाई गायक बन्ने रहर छ । उनीहरु आफ्नो सपना पूरा गर्न पढिरहेका छन् । मिहेनतले सफलता पाइन्छ भन्ने उनीहरुलाई राम्रो ज्ञान छ ।
पोखरेलले बुधबार बेलुका हामीसँग कुरा गर्दै विहीबार पुस्तक पुग्ने बताउनुभयो । उहाँले आफूले आवश्यक निर्देशन दिईसकेको र देशभरको समस्या चाँडै समाधान हुने बताउनुयो ।
दृष्टिविहीन बालबालिकाको ठम्याई र स्मरणशक्ति सामान्य बालबालिकाभन्दा विशिष्ट हुन्छ । कक्षा ७ मा पढ्ने नुवाकोटका रेगन मगर र कक्षा ६ मा पढने खोटाङका योगेश राईले कक्षामा पढेको कुरा लगत्तै हामीलाई सुनाए । नेपाली विषयमा सम्वाद लेख्न जानेको खुसी रेगनको अनुहारमा प्रष्टै देखिन्थ्यो । अनि योगेशलेचाहिँ सामाजिक विषयको कक्षामा, चोरी डकैतिबाट कसरी जोगिने भनेर सिक्न पाए । जुन कुरा उनको जिन्दगीमा काम लागेको छ ।
केही विद्यार्थीले हामीलाई गीत पनि सुनाए । विद्यार्थीसँगै शिक्षिका नम्रता अधिकारीको पनि गीत सुन्न पायौं ।
दृष्टिविहीन विद्यार्थीलाई ब्रेललिपि सिकाउने जिम्मा शिक्षिका नम्रता अधिकारीको हो । उहाँले आदर्श माध्यमिक विद्यालयमा पढाउन थालेको ८ वर्ष पुग्यो । यो विद्यालयमा २०४७ सालदेखि दृष्टिविहीन विद्यार्थीहरु पढ्छन् । यसपाली विद्यार्थीले ब्रेल लिपि पुस्तक नपाएको कुरा अधिकारीले बताउनुभयो । विद्यार्थीहरुले पनि गणित र अंग्रेजीको विषयगत शिक्षक नभएको गुनासो गरे ।
शिक्षामन्त्रीको चासो
राजधानीकै विद्यालयमा ब्रेललिपिको पुस्तक नभएको र विषयगत शिक्षक नभएको कुरा हामीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सुनायौं ।
दृष्टिविहीन विद्यार्थी, मनको आँखाले पढिरहेका छन् । उनीहरुको जाँगर सामान्य विद्यार्थीको भन्दा अब्बल छ । तर समयमा पाठ्यपुस्कतको व्यवस्था नहुँदा राजधानीकै विद्यार्थी पढ्नबाट बञ्चित भएका थिए । अब उनीहरुको समस्या समाधान भएको छ ।
पोखरेलले बुधबार बेलुका हामीसँग कुरा गर्दै विहीबार पुस्तक पुग्ने बताउनुभयो । उहाँले आफूले आवश्यक निर्देशन दिईसकेको र देशभरको समस्या चाँडै समाधान हुने बताउनुयो ।
पुस्तक पाएपछि, प्रधानाध्यापकको फोन
विहीबार साँझ ५ बजेतिर आदर्श माध्यमिक विद्यालयका प्रधानाध्याक बुद्धिकुमार श्रेष्ठको फोन आयो । उहाँ ब्रेललिपिका पुस्तक प्राप्त भएकोमा खुसी हुनुहुन्थ्यो । उहाँले भन्नुभयो ‘सधैंका वर्षहरुमाझैं वैशाख महिनामा आईपुग्नु पर्ने पुस्तक जेठको दोस्रो साता लाग्दा पनि आएको थिएन । सीआईएनको रिपोर्टिङपछि एकैदिनमा पुस्तक आउँदा साह्रै खुशी लागेको छ । सीआईएनलाई धेरै धेरै धन्यवाद् ।’
दृष्टिविहीन विद्यार्थी, मनको आँखाले पढिरहेका छन् । उनीहरुको जाँगर सामान्य विद्यार्थीको भन्दा अब्बल छ । तर समयमा पाठ्यपुस्कतको व्यवस्था नहुँदा राजधानीकै विद्यार्थी पढ्नबाट बञ्चित भएका थिए । अब उनीहरुको समस्या समाधान भएको छ । किताब हातमा लिएपछि मनले संसार हेर्न दृष्टिविहीन विद्यार्थीको अनुहारका पनि सायद खुसी छचल्कियो होला । प्रधानाध्यापक श्रेष्ठका अनुसार दृष्टिविहीन विद्यार्थीहरु हामीलाई भेटेरै धन्यवाद् दिन चाहन्छन् । हामी उनिहरुलाई छिट्टै भेट्नेछौं ।
मुलुक भरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयमा ७२ लाखभन्दा धेरै विद्यार्थीहरु पढ्छन् । ती मध्ये, स्कूल पढने दृष्टिविहीन विद्यार्थी ३० हजारभन्दा बढी छन् । दृष्टिविहीन विद्यार्थीले अरु विद्यार्थीझैं सामान्य पुस्तक पढ्न नसक्ने भएकाले उनीहरुका लागि ब्रेललिपि पुस्तकको व्यवस्था गरिएको हुन्छ । शिक्षामन्त्री पोखरेलका अनुसार दुर्गमका विद्यार्थीले पनि ब्रेललिपि पुस्तक चाँडै पाउनेछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६, १८:५२