काठमाडाैँ । गुरुङ समुदायका नयाँ बर्षको रूपमा आज ल्होसार पर्व मनाइरहेका छन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हाे। पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न हरेक पुस १५ गते गुरुङ समुदायले ल्होसार मनाउने चलन छ ।
आज गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् ।यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गरिन्छ ।
दिवसकाे अवसरमा काठमाडाैँमा सांस्कृतिक झाँकि सहितको र्याली निकालिएको छ ।तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धूमधामसँग मनाउने गरिन्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९, १३:४१