काठमाडाैँ । यात्रा र बन्यजन्तु फोटोग्राफर ओम यादवले १६ वर्षदेख एउटा अलि नाैलो खालको काम गरिरहनुभएको छ । फोटो वाक नाम दिइएको यो अभियान खासगरी फोटोग्राफिमा रूची राख्ने जाे काेहीका लागि उपयोगि छ । हरेक १५ दिनमा हुने फोटो वाकमा फोटोग्राफिमा रूची राख्ने जो काेहीले भाग लिन पाउँछन् ।
विना कुनै शुल्क सहभागि हुन पाइने फोटो वाकमा सामान्यतया काठमाडौँ वरिपरिका विभिन्न क्षेत्रमा जाने फोटो खिच्ने र ती फोटोबारे छलफल र अन्तरकृया गर्ने गरिएको यादबले बताउनुभयो । फोटो वाक कोभिडको समयमा केही हप्ताबाहेक १६ वर्षदेखि निरन्तर चलिरहेको पनि उहाँले बताउनुभयो ।
यसपटकको फोटो वाकमा सहभागी मध्ये यादवसहित बबिन तण्डुकार, अंशुमन यादव, कुमुद पराजुली, निकिता श्रेष्ठ शाक्य, अभिसेक महर्जन, राहुल रोय, शत्रुहन पाण्डे र सुनिल मानन्धरले खिचेका केही तस्बिरहरू-
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९, १५:३१