काठमाडौँ । केही व्यवसायीले बढाएको दूधको मूल्य फिर्ता भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
कृषि मन्त्रालयका सचिव तथा राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष गोविन्दप्रसाद शर्मासहित सरोकारवालाको हिजोको बैठकले दूधको बढाइएको मूल्य फिर्ता लिने सहमति गरेको बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार दूधको उत्पादन लागत मूल्य, बजार मूल्य, उपभोक्ताको क्रयशक्तिलगायत विषयमा वैज्ञानिक रूपमा मूल्य समायोजन गर्ने सहमति पनि भएको छ ।
केही डेरी र दूध उद्योगले यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ बढाएपछि विरोध भइरहेको थियो भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९, ०९:३३