काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सल्लाहमा उहाँले राजीनामा दिनुभएको हो ।
प्रधानन्यायाधीश जबरा मार्फत मंगलबार राष्ट्रपति समक्ष राजीनामा बुझाउनु भएको हो । जोशीले मंगलबारकै मितिदेखि लागू हुने गरी राजीनामा दिनुभएको हो ।
प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेकाजोशीको शैक्षिक योग्यतामा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको थियो। त्यसपछि विवादमा तानिनु भएका जोशीले राजीनामा दिन मान्नुभएको थिएन ।
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५, १३:०७