काठमाडाैँ । काठमाडाैँको टोखा क्षेत्र चाकुका लागि प्रख्यात छ । चाकु खासगरि माघे सङ्क्रान्तिमा खाइने एक मूख्य परिकार हो ।
माघे सङ्क्रान्तिमा माग धेरै हुने भएकाले पनि यतिबेला टोखामा परम्परागत चाकु बनाउन ब्यावसायीलाई भ्याइ नभ्याइ छ ।
पुर्ख्या रुपमै चाकु बनाउने गरेका टोखाका ब्यवसायी अझै पनि माग भने धान्न नसकेको बताउँछन् । टोखामा चाकु बनाउने १४ वटा उद्योग रहेको ब्यवसायी बताउँछन् ।
यहाँको चाकु १३५ देखि १५० रूपैयाँसम्ममा बिक्ने गरेको छ । जाडो याममा चाकु खानाले शरीरमा न्यानाे बनाउनुका साथै पाैष्टिक पनि हुने पोषणबिद बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९, १२:१२