काठमाडौँ । नेपाल टी–ट्वेन्टी लिग क्रिकेटको विवाद र खेल मिलेमतो लगायतबारे छानबिन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि नेपाल आएका छन्। आईसीसीका प्रतिनिधिले यसबारेमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग छलफल गरेका छन् ।
दुई सदस्यीय प्रतिनिधिमण्डलले कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेर खेलको निरीक्षण गर्नुका साथै प्रतियोगिताका प्रतिनिधिसँग आवश्यक रिपोर्ट लिएको थियो। उनीहरूले प्रतियोगिताको एन्टी करप्सन युनिट, अम्पायर, खेलाडी र प्रतियोगिताबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको छ ।
काठमाडाैँमा चलिरहेको प्रतियोगितामा खेल मिलेमतो र भएको समाचार सार्वजनिक भएपछि परिषदले दुई सदस्यीय टोली नेपाल पठाएको हो। यसबारे सीआईबी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राखेपलगायतले बेग्लाबेग्लै छानबिन गरिरहेका छन् । क्यानले पनि यसबारेमा छानबिन गर्ने बताएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९, १९:३९