काठमाडाैँ । राहदानी विभागले पुस १७ गतेदेखि देखिएको समस्या समाधान भएको जनाएको छ । राहदानी विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले माेबाइलमा राहदानी तयार रहेको म्यासेज आएपछि वा नेपाल ई पासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिन विभागमा आउन सक्ने जनाएको हो ।
विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रिया अझै चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने पनि बताएको छ । प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेले राहदानी लगायत सरकारी सेवामा लाइन बस्न नपर्ने ब्यवस्था गर्न निर्देशन दिए लगत्तै विभागले समस्या आएको सूचना निकालेपछि कतिपयले शंका पनि ब्यक्त गरेका थिए ।
विभागले सर्भरमै समस्या आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्राविधिकले समेत विभागको अनुगमन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९, १९:४१