पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९, १५:५२