काठमाडाैँ । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रूपैयाँमा धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले सीआईएनलाई जानकारी दिनुभयो ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । यो फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेकोमा अदालतले विहीबार यस्तो फैसला गरेको हो ।
सन्दीप भोलि धराैटी बुझाएर रिहा हुने सन्दीपका वकिलले जनाएका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो । त्यसबेला क्रिकेट खेल्न नेपाल बाहिर रहेका सन्दीपलाई करिब १ महिना पछि त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९, १९:३०