काठमाडौँ । राजधानी काठमाडौँको सुकेधारा र अनामनगरमा विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ ।
बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
१ जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो । सुकेधाराको विस्फोटमा अन्य ४ जना घाइते छन् । घाइतेमध्ये ३ जनाको ओम अस्पताल र १ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नामनगर घट्टेकुलोमा भएको विस्फोटमा पनि १ जनाको मृत्यु भएको छ । उक्त विस्फोटमा अन्य २ जना घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले सीआइएनलाई जानकारी दिनुभयो ।
मृत्यु हुनेको सनाखत नभइसकेको र घटना संकास्पद भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६