पोखरा । आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका तर पहिचान गर्न कठिन भएका ४५ वटा शव काठमाडौँ पठाइने भएको छ । यस्तै,वर्गिकरण गरिएका २४ वटा शवको पोस्टमार्टम पोखरामै गरिने भएको छ । शव लिन काठमाडौंबाट हेलिकप्टर पोखरा पुगे पनि शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिनुभयो ।
ती शव त्यहीँबाट आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको निर्देशक खत्रीले बताउनुभयो ।
उहाँका अनुसार पोखरामा त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धी पौडेल, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा. गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको पोस्टमार्टम पोखरामै हुनेछ ।
त्रिवि शिक्षण अस्पताल काठमाडाैँका फरेन्सिक डाक्टरसहित पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानलगायतका फरेन्सिक विज्ञ डाक्टरले शवको वर्गिकरण गरेको हो ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९, १७:५२